१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
नेपालगञ्ज महोत्सवको प्रचारप्रसार तिब्र
  • न्युज डेस्क

    ८ माघ २०७९, आईतवार

बाँकेको नेपालगञ्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ ।

समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ ।

प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई भने, ‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रो संग भईरहेको छ ।’

कारण समेत खुलाउदै भने, ‘किन भने मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ । यस्तै प्रचार गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहान ७ देखि साँझको ७ बजे सम्म प्रचारप्रसारलाई तिब्रता दिनुभएको छ ।’

‘यसमा अनलाईन मिडिया, छापा मिडिया, सोसल मिडिया, रेडियो, टिभि लगायत पत्रकारहरुले सहकार्य गनुभएको छ । हामीले अहिले सम्म प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको अनुभुति गर्नपाएका छौं ।’

दर्शकहरुलाई आर्कषण गर्न ठाँउ ठाँउमा व्यानर समेत राखिएको छ । मुख्यत चारै तिर जोड्नका लागि राप्तीसोनारी, कोहलपुर, खजुरा र रुपैडिहा तर्फबाट आउनेहरुको ध्यान तान्नका लागि ब्यानर राखिएको संयोजक संडेल जानकारी दिए ।
यस्तै बाटोमा स्वागतका लागि स्वागत गेट निर्माण हुने क्रममा रहेको बुझिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म महोत्सव हुन लागेको हो ।

नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुन लागेको हो । जसमा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

9
  • ८ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech