१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
असाहाय बालबालिका र नवजात शिशु सहित सुत्केरी आमा लाइ न्यानो कपडा
  • न्युज डेस्क

    ३० पुष २०७९, शनिबार

नेपालगंन्ज ।
बर्दियाको बाल संरक्षण केन्द्रका रहेका असाहाय बालबालिका लागि न्यानो कपडा सहयोग गरीएको छ । केयर नेपाल को साझेदारीमा बर्दिया नगरापालिकाको वडा नं ११मा रहेको बेलभारमा रहेको बाल संरक्षण केन्द्रका २४ जना असाहाय बालबालिका लाइ सो कपडा बितरण गरीएको हो ।

एक एक थान ब्लेकंकेट र ट्राउजर बितरण गरीएको बि ग्रुपका निर्दैशक डम्मर सुनारले बताए । सो कपडा बाल संरक्षण केन्द्रमा पुगेर बि ग्रुपकी उपाध्यक्ष मिरा खनालले हस्तान्त्रण गरेकी हुन् ।

यस्तै केयर नेपालको साझेदारीमा सुत्केरी आमा नवजात शिशुको लागि कपडा र डिगनिटि किट सहयोग गरीएको छ । बेबी ब्लेकेट ,वुलन सल , मयार्दीत सामाग्रि बितरण गरीएको हो ।केयर नेपाल र जिल्ला स्वास्थ्य कार्यालय साझेदारीमा ६८ थान न्यानो कपडा बितरण गरीएको हो । बिपन्न परिवारका आमा र नवजात शिशुहरु लाइ सो न्यानो कपडा बितरण गरीएको हो ।

 

  • ३० पुष २०७९, शनिबार प्रकाशित
  • Nabintech