१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता
  • न्युज डेस्क

    ३० पुष २०७९, शनिबार

नेपालगञ्ज,पुस २९ ।

लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनुभएको छ । प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गर्नुभएको छ । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभएको छ ।
मानखोला सहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजूरा क्षेत्रको खेतियोग्य जमिन बर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्धेश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास  डिभिजन कार्यालयका प्रमुख चौधरीसहित प्रदेश सांसद खत्री नदीले कटान गरेको स्थानमा अनूगमनका लागि पुग्नुहुने भएको छ ।
  • ३० पुष २०७९, शनिबार प्रकाशित
  • Nabintech