१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
इदको शुभकामना दिदै मत माग्दै
  • न्युज डेस्क

    २१ बैशाख २०७९, बुधबार

(नेपालगन्ज)
कोभिड महामारीले झण्डै दुई वर्ष इदगाहमा कुनै चहलपहल थिएन् । दुई वर्षपछि मंगलबार इद उल फित्र (इद)को प्रार्थनामा छुट्टै रौनक थियो थियो । त्यसैमा चुनाबी मैदानमा उभिएका उम्मेदवारको उपस्थीतिले पर्व पुरै चुनावी रौनक थपीयो ।
स्थानीय तहको चुनावी चटारोबीच परेको इदलाई राजनीतिक दल र उम्मेदवारहरूले भोट माग्ने राम्रो अवसर बन्यौ
नेपालगन्जको इदगाहमा बिहानै उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यका उम्मेदवारहरू पुगिसकेका थिए । नमाज प्रार्थनापछि शुभकामना आदनप्रदानसँगै उम्मेदवारहरूले मुस्लिम समुदायसँग भोट मागे ।

एमालेका मेयर उम्मेदवार पशुपतिदयाल मिश्र बिहानैदेखि इदको शुभकामना दिन इदगाह पुगेका थिए । उनले त्यहाँ शुभकामना मात्र दिएनन्, उपमहानगरपालिकाको मेयर जिताउन आग्रह पनि गरे ।
त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्ट पनि इदगाह पुगे । जसपाका उपमेयरका उम्मेदवार कमरुद्दिन राईसँगै पुगेका विष्टले पनि यसपटक आफूलाई जिताउन मतदातासँग आग्रह गरे।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर धबलशमशेर राणा राप्रपाका उम्मेदवार नन्दलाल वैश्यलाई लिएर मुस्लिम मतदाता रिझाउन बीपीचोकस्थित इदगाह पुगेका थिए । पूर्वमन्त्री एवं सांसद इस्तियाक राई नमाज प्रार्थनामा सहभागी भए । उनी पनि इदको शुभकामना आदानप्रदान गर्नमा व्यस्त देखिन्थे ।

नेपालगन्जमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । मुस्लिम समुदायको साथ बिना उपमहानगरपालिका मात्र होइन, प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि जित्न मुस्किल हुने विश्लेषण गरिन्छ ।

 

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech