१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
अपांगताको मतअधिकार सुनश्चित गर्न माग
  • न्युज डेस्क

    १९ बैशाख २०७९, सोमबार

(नेपालगन्ज)
स्थानीयतहको निर्वाचनमा अपागंताको सहभागिता सुनश्चित गराउन माग गरीएको छ ।
अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाले अपागंता भएकाहरुको मत अधिकार सुनश्चित गर्न माग गरेका हुन् । बिगतमा भएका निर्वाचनमा मत हाल्न मतदान स्थल ल्याउने घर फर्काउन कुनै पहल नगर्र्ने परिपाटीके अन्त्य हुनुपर्ने गुनासो गरे ।
राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश अध्यक्ष देबिदत्त आचार्य अपांगता भएका ब्यत्ति लाइ मतदाता सुचिमा पर्न नै सकस भएको बताए । ‘धेरै अपांगता भएकाहरु मतअधिकार बाट बंचित भएको पाइएको छ ।’
उनले भने,‘मतदान स्थलमा पुग्नै समस्या पुगृपनि आफुले चाहेको ब्यत्तिलाइ भोट हाल्न समस्या छ ।मतपत्रहरु अपांग मैत्री भए यो समस्या हल हुन्थ्यौ ’
उनका अनुसार न्युनदिष्टी तथा दिष्टीबिहिनका लागि ब्रेनलिपि बहिरालाइ दोभाषे , अरु अपांगता भएका लाइ नबिनतम प्रबिधि आवश्यक छ ।
जिल्ला अपांग महासंघका अनुसार जिल्लामा १० हजारको संख्यामा अपांगता भएका मतदाता रहेका छन् ।
राष्ट्रिय अपागं महासंघका सचिव भाबुक जंग थापाका अनुसार मतदान स्थलमा सहज पहुचको अभाव गोप्यरु पमा मतदान गर्न नपाउनु मतदाता भएको ठाउमा दोभाषे नहुनु ,दिष्टीबिहिन मैत्री मतपत्र नहुनु सवारी साधनको ब्यबस्था नहुनुले अपांगता भएकाहरु निर्वाचनमा भाग लिन पाइरहेका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय बाकेका प्रमुख रमा पन्त अनुसार अपांगता भएका ब्यत्तिहरुका लागि आयोगले कुनै बिशेष ब्यबस्था गरेको छैन् ।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech