४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
निर्वाचनअघि नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द
  • न्युज डेस्क

    १८ बैशाख २०७९, आईतवार

(नेपालगन्ज)
यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ ।

नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।
बँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ ।
सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय गरीएको प्रजिअ खत्रीले बताए ।
जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाचलाई कडाई गरेको र सुरक्षाकर्मीले सयुक्त सुरक्षा गस्तीसमेत गरेका छन् ।

बैठकले जंगली जनावरको अवैध पैठारी, काठ तस्करी, लागूऔषधको कारोवार, मानव बेचविखनलगायका विषयमा छलफल गरेको थियो ।
बैठकमा बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बलसहित दुई देशका सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।

 

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech