१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ- खिल प्रसाद भुषाल
  • सरला सुवेदी

    १६ बैशाख २०७९, शुक्रबार

 

बाँके – नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुषालले हामी धेरै बोल्छौ धेरै कुरा निर्णय गराउछौ मात्र कागजी रुपमा तर त्यसलाई कार्यन्वयन गर्नमा सधै पछि पर्छौ भन्दै आफू कम बोल्ने कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यन्वयन गर्ने बताए यदि मैले त्यसो गरिन भने मलाई तपाईहरुले थप्पड हान्न सक्नुहुनेछ भने कोहलपुरका जनता माझ।

नेकपा एमाले कोहलपुरले चौथो दिन पनि बिहानै वडा नम्बर ५ को उदयनगर टोलमा घरदैलो , जेष्ठ नागरिक सम्मान र वडा नम्बर ९ र १० मा परिचयात्मक कार्यक्रम लाई तीब्रता दिएको छ। ९ र १० मा भएको वडाको वडा अध्यक्ष र सदस्य सहितको परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै उनले सम्पतीमा छोरिको समान हक कार्यन्वयन गर्न आफ्नो पहिलो पहल हुने बताए। सम्पतीमा छोरिलाई समान हक दिने छोराछोरी समान हुन भनेता पनि छोराछोरिलाई अझै नि फरक व्यवहार गरेको बताए उनले छोरालाई राती हिड्दा निर्धक्क भएर हिढ्न सक्ने तर छोरिलाई डरले अनि समाजमा हुने विभिन्न अपराधीक घटनाले गर्दा रातिमा केही अति आवश्यक काम परेर हिड्न पर्दा नि डराइ डराई हिढ्नु पर्ने अवस्थाको अन्त गर्न पहल गर्नेछु उनले कोहलपुर नगरपालिकाको सुरक्षा कडाइलाई व्यवस्थित र गाउँ र नगरका चोक चोकमा सिसि टिभी क्यामरा जोड्ने पहल हुने बताउदै यस अघि पार्टीले ल्याएको घोषणा पत्रका ५० बुदे घोषणा पत्र मध्य ५६ प्रतिशत कामहरु सम्पन्न भएको बताउदै बाँकी कामहरु निरन्तर रहेको बताए ।
उनले समाजवाद र समृद्ध कोहलपुर निमार्णका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले जातिय विभेद लैगिक विभेद अत्यको लागि एमाले सरकार आवश्यक रहेको बताए ।उनले गरिब जनताका सन्ताहरुका लागि निशुल्क शिक्षा ( पोषाक, जुत्ताचप्पल , झोला र कापी किताब ) निशुल्क: गराउने र आधारभुत तहसम्म मातृभाषामा पढ्न पाउने बाताबरण सिर्जना गराउने प्रतिबद्धता गरे।                                                                   
यस्तै ९ नम्बर र १० नम्बर वडाका वडा अध्यक्ष र सदस्यहरुले वडाको बिकासको लागि हरेक दिन जनताकै घरदैलोमा पुग्ने र जनताको समस्यालाई आत्मसात गरि नमुना वडा अनि खुशी र सुखी वडाबासी बनाउने प्रतिबद्धता गरेका छन् ।

त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले समृद्ध कोहलपुर निमार्णका लागि एमाले उम्मेदवार लाई विजयी गराउन अपिल गरे । उनले जनताका साथमा सदैव रहने पार्टी र त्यस पार्टीमा आवद्ध रहेका उम्मेदवारलाई विजयी गराई समृद्ध कोहलपुर निमार्णका लागि संचालन गरिएका योजनाहरु पुरा कार्यान्वय गराउन समेत अनुरोध गरेका छन।कार्यक्रममा नेकपा एमालेका रामकुमारी थारु , शिला थारु दुर्गा थारु , प्रेम भुषाल, बसन्ती अधिकाती होमकृष्ण सुबेदी लगायतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech