१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १मा सम्पर्क कार्यालय उद्वाटन गरे
  • न्युज डेस्क

    १४ बैशाख २०७९, बुधबार

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।                 

सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज २० को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्रले एमालेको नेतृत्वले मात्रै जनताको अवस्थामा परिवर्तन ल्याउन सक्नेमा जोड दिंदै यहाँका जनताले आफुहरुलाई भारि मतान्तरले विजयी बनाउने विश्वास व्यक्त गरे ।                     

नेपालगन्जको सर्वाङ्गीण विकासका लागि एमालेको जित अपरिहार्य रहेको बताउदै उपमेयरका प्रत्यासी शान्ति ढकालले आफुहरुले जिते नेपालगञ्ज नगरलाई देशकै नमुना शहरका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सो कार्यालय उद्घाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य दिपा शर्मा, हारुन हल्वाई, लेखा आयोगका सदस्या विजया धिताल, पुर्व जिल्ला अध्यक्ष निरक गुरुङ्ग लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • १४ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech