१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन ः मन्त्री श्रेष्ठ
  • न्युज डेस्क

    २२ चैत्र २०७८, मंगलवार

चैत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ ।
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास गर्नेगरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिन्भयो ।
मन्त्री श्रेष्ठले जग्गाको चक्लावन्दी गरेर उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डिकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
संविधान, ऐन नियम र नियमावलीहरु बनेपनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्र्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रुपमा गर्न खोजीरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान, ऐन नियम बनाएर र ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रैछ त्यो हामीले देखिसकेका छौ, त्यसका लागि अहिले नागरिकले अनुभुति गर्ने गरी काम गर्न शुरु भइसकेको छ, संविधान कार्यान्वयन र भूमि सम्बन्धी समस्या समाधानको काम पहिलो प्राथमिकतामा राखिएको छ, २०२१ सालयता नापी भएर पनि लालपूर्जा पाउन नसकिरहेका गाउँब्लकका नागरिक र भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने अभियान नै शुरु गरि सकेका छौ, भूमिहिन दलितलाई ललापूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाटबाट शुरु ग¥यौ, अब फेरीपनि भूमि सम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग र समिति गठन गरिरहन नपर्ने गरी योजनाबद्ध रुपमा नै काम शुरु गरिसकेका छौ, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”
मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले शुरु गरेको कामको पक्ष र विपक्षमा तर्क बितर्क शुरु भइसको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोहीपनि विभाजित हुन नहुने पनि बताउनुभयो ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech