८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
कृष्णाको तृष्णा, नेतृत्वमा महिला
  • न्युज डेस्क

    २२ पुष २०७८, बिहीबार

न्युज डेक्स :
नेकपा एमाले बाकेको आठौं अधिवेशनको माहोल चलिरहदा ‘सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ। नेतृत्व तिरै दाबी चलिरहदा अन्य पदहरुमा भने खासै चर्चा र बहस भैरहेको देखिदैन् । जिल्लामा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेको पनि देखिंएको छैन् तर महिला नेतृ कृष्णा कुमारी पाठक भने आफु उपसचिवका लागि दाबी गरेको बताइन्।
२१ बर्ष देखि पाटिमा क्रियाशील रहेकी पाठकले आफनो उम्मेदारी स्वभावीक भएको बताइन् । महिलाको नेतृत्व लाइ अवसर प्रदान गर्न आफुले उपसचिवका लागि दाबी गरेको उनले सुनाइन् । पेशाले उद्यमी कृष्णा खेलकुद क्षेत्रमा क्रियाशिल छन् । बाकेमै पहिलोपटक पालिका स्तरीय खेलकुद प्रतियोगीता संचालन गरेर पनि उनले आफनो संमयोजन उत्कृष्ट रहेको प्रमाणीत गरेकी छन् । कक्षा ९मा पढदै बिद्यार्थीकाल देखि राजनिती आबद्ध उनि २०४६ सालदेखि क्रियाशिल रुपमा पाटीमा जोडीन पुगिन् । उनि पाटि भन्दा बाहिर बसेर पनि संगठन लाइ सहयोग गरीन् । जिन्दगाीमा धेरै उतार चढाव आए समय संगै हरेक कुरा लाइ ब्यबस्थापन गर्नुपरयौ ’उनले भनीन् ,‘ कहिलेकाहि बाध्यताले अवस्थाले टाढा पनि बस्नु परयौ’ २०४६ साल बाट वडा कमीटीमा सकृय हुदै हरेक निवार्चनमा पार्टीलाई विजयी बनाउन सकृय भुमिका निर्भाह गरीन् । २०४६ सालदेखि विद्यार्थी आन्दनेलनमा क्रियाशिल उनि २०४९ सालमा अनेरास्ववियुको नेपालगंज क्याम्पसमा सकृय भएर काम गरेको अनुभव संगालेकी छन् ।
पार्टीको हरेक गतिविधि र कार्यक्रममा सकुय सहभागीता जनाउदै आएकी उनि पार्टीको संगठन विस्तारको लागि सक्रिय भएर लागेकी छन् ।
समाजशास्त्रमा स्नातकोत्तर गरेकी कृष्णा हाल जिल्ला कमिटी बाँकेको सदस्य एवंम अनेम संघ जिल्ला सदस्य हुन् । नेपालगंज–४ शान्तिटोल (सुर्जीगाँउ)की स्थानीय बासी कृष्णा नेतृत्वमा महिला सहभागिता एउटा महिलाको सफलताका लागि मात्र नभइ महिला नेतृत्वको अभ्यासको सुरुवात पनि भएको धारणा राख्छीन् । महिलाले गर्न सक्दैन् ,समय ब्यबस्थापन गर्न सक्दैनन् भनेर महिलाको क्षमतालाइ कम आकलन गर्नु जायज होइन् ’ उनले भनिन् ,‘हरेक तह तप्कामा महिला सहभागिता लाइ जोडदै जानुनै सहि मानेमा राजनितीक संस्कार हो ’‘म उपसचिवका लागि योग्य छु’, महिला नेतृ कृष्णा पाठकले भनिन् म सक्षम छु पाटिलाइ संगठीत बनाउन मजबुत बनाउन सक्छु’

  • २२ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech