१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
पेशा गत संगै सामाजिक काममा अब्बल असइ बिक पुरस्कृत
  • न्युज डेस्क

    १५ पुष २०७९, शुक्रबार

(नेपालगन्ज)

आफनो पेशामा क्रियाशिाल भएर काम गरेका भन्दै इलाका प्रहरी कार्यालय जमुनाहमा कार्यरत सहायक प्रहरी निरीक्षक (असई) कुलवहादुर विक पुरस्कृत भएका छन् । आफूलाई दिइएको जिम्मेवारी कर्तब्यनिष्ठ भई प्रहरी संगठनको नीति, निर्देशन अनुरुप कुशलताका साथ कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।
सहायक प्रहरी निरीक्षक विक पेशागत संगै सामाजिक काममा क्रियाशिल छन् । उनि बाके बर्दियाका असक्त बिपन्न लाइ सहयोग गर्दै आएका छन् । उनि मानबिय सेवामा सधै तत्पर देखिन्छन् ।

उनले बाके र बर्दिया बिपन्न बालबालिका लाइ लत्ताकपडा र बिद्यालय सामाग्री प्रदान गरेका थिए ।
आफनो कामलाइ जिम्मेवारी पुर्वक निर्भाह गर्दै आएका उनि सरकारी सेवा मानबिय सेवा गर्ने उत्तम माध्यम भएको बिक बताउछन् ।
नगद पुरस्कारले पुरस्कृत गर्दा थप हौसला तथा मनोवल बढ्नुका साथै अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी कार्यमा प्रभावकारिता आउने देखिएकोले विक सहित अन्य प्रहरीलाई पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ ।

 

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech