१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
न्यायका लागि गुहार माग्दै बाकेका महिलाहरु फेरि काठमाडौं
  • न्युज डेस्क

    १४ पुष २०७९, बिहीबार

(नेपालगन्ज)

निर्मला कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या गरिएको घटनामा उनको न्यायका लागि गुहार माग्दै बाकेका महिलाहरु फेरि काठमाडौं आइपुगेका छन् । सरकारले दोषीको छानबिन गरी कारबाही गर्ने आश्वासन दिएको लामो समय बितिसक्दा पनि पीडितले न्याय पाउने अवस्था नदेखिएपछि उनीहरू फेरि आन्दोलनमा उत्रिएका हुन् ।
बाँके महिला अधिकार मञ्चको नेतृत्वमा उनीहरूले बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा तेस्रो चरणको आन्दोलन थालेका छन् । दिउँसो १ बजे कलंकीबाट पैदल हिँडेर माइतीघर आएका उनीहरूले सडकमै बसेर धर्ना दिएका छन् । मञ्चकी केन्द्रीय सदस्य रुबी खानले अघिल्लो चरणको आन्दोलनबाट सरकारको ध्यानाकर्षण भए पनि पीडितले न्याय पाउने अवस्था नबनेको भन्दै फेर आन्दोलित बन्नुपर्ने अवस्था आएको बताइन् ।
उनका अनुसार सो मुद्दामा प्रहरीले फितलो अनुसन्धान गरेर पीडकलाई उन्मुक्ति दिने प्रयास गरेको छ । उनीहरुले घटनामा छानविनका लागि न्यायिक आयोग गठन गर्न माग गरेका छन् भने छानबिनका लागि बनेको समितिले बुझाएको प्रतिनिवेदन कार्यान्यावनमा ल्याउनसमेत माग गरेका छन् ।
उनीहरूले निर्मला कुर्मीको हत्या भएको घटनामा न्यायिक आयोग गठन गर्न र मुद्धालाई सम्मानित अदालतसम्म पु¥याउन समेत माग गरेका छन् । उनीहरुले गतवर्ष ४३ दिनसम्म धर्ना र आन्दोलनपछि बार्ता मार्फत मुद्दाको छानविन गर्न सरकारले छानबिन समिति गठन गरेको थियो । तर मुद्दामा मुख्य अभियुक्तको आरोप लागेका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ समेत गरेको छैन । बादशाह कुर्मी हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका छन् ।

 

  • १४ पुष २०७९, बिहीबार प्रकाशित
  • Nabintech