१४ जेष्ठ २०८०, आईतवार
१४ जेष्ठ २०८०, आईतवार
दलित महिलाको सेवा स्रोतमा पहुचं बढाउन सबैको पहल आवश्यक
  • न्युज डेस्क

    ११ पुष २०७९, सोमबार

(नेपालगन्ज)
स्थानीय निकायका सेवा सुबिधामा दलित महिलाको पहुचं बढाउन सबै सरोकारवालाहरु सम्बेदनशिल हुनुपर्ने कार्यक्रममा बताइएको छ । नेपालगंन्जमा आयोजीत कार्यक्रममा दलित समुदायको शिर्षकमा छुटयाइएको बजेट तथा लक्षित कार्यक्रम अन्र्तगतका कार्यक्रममा दलित महिलाको पहुचं बढाउन सबैले सहयोग गर्नुपर्ने सहभागिले बताए ।
दलित महिला संघ(फेडो)बाकेँ आयोजनामा बुधबार दलित तथा सिमान्तकृत समुदायका महिलाहरुको सेवा स्रोतमा पहुचं अभिबृद्धि सम्बन्धि सम्बाद कार्यक्रम खजुरा गाउपालिका, डुडुवा गाउपालिका तथा महिला बालबालिका शाखा प्रमुखहरु पालिका देखि वडाका दलित महिला सदस्यहरुको सहभागिता थियो ।
डिसीएको सहयोगमा भएको सो कार्यक्रममा दलित महिला सदस्यहरुले अझै पनि आफुहरुले वडाको बजेटको बारेमा जानकारी पाउन नसकेको बताएका थिए ।
कार्यक्रमका बिच प्रदेश सांसद बसन्ती अधिकारी ,अम्बीका काफले लाइ स्वागत सम्मान पनि गरीएको थियो । संघकी अध्यक्ष निर्मला सुनारले दुबै प्रदेश सासंदलाइ खादा र माला लगाएर स्वागत तथा सम्मान गरीन् ।
दुबै प्रदेश सासंदले दलित महिलाको सवालमा आफुहरु सकारात्मक रहेको बताउदै उनिहरुको अधिकार स्थापीत गर्ने सवालमा आफुहरुले भुमिका खेल्ने बताएका थिए ।

 

 

  • ११ पुष २०७९, सोमबार प्रकाशित
  • Nabintech