१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
खजुरा गाउपालीकालेअभिभावक बिहिन बालबालिकाको लागि आवासीय भवन बनाउदै
  • न्युज डेस्क

    ६ पुष २०७९, बुधबार

(नेपालगन्ज)

अभिभावक बिहिन बालबालिकालाइ पालिकाले संरक्षण दिने भएको छ । खजुरा गाउँपालिकाले खजुरा वडा नम्बर २ को ए गाउँ स्थित गौरीनगरमा खजुरा गाउपालिकाका भित्र रहेका अभिभावक बिहिन बालबालिकाको लागि आवासीय भवन बनाउन लागेको हो । अभिभावकविहीन बालबालिकालाई आवासीय भवनमा पढाई पनि हुने छ ।
मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। उक्त आवासीय भवन शिलान्यास खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले गरे ।
करिब ५०लाखको लागतमा बन्न लागेको उक्ति आवासीय भवन समयमै काम सम्पन्न गर्न ठेकेदारलाइ अनुरोध गरेको अध्यक्ष विकले बताए ।
गाउँपालिका भित्र सबै योजना हरु समयसिमा भन्दा अगाडि नै काम सिध्याउने ठेकेदारलाइ सम्मान पुरस्कृत गर्ने र समयसिमा भित्र का नगर्ने ठेकेदारलाइ समय नथप्ने अध्यक्ष विकले बताए ।खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण लागि बजेट छुट्याएको हो।
पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको हो । अभिभावकविहीन बालबालिकालाई स्थानीय सरकारले पाल्ने र पढाउने लागि यो कार्यक्रम अगाडि बढाएको छ।
पालिकामा ५० जनाजति त्यस्ता बालबालिका हुन सक्ने आँकलन गरिएको छ । १८ जना सम्पर्कमा आइसकेको अध्यक्ष विकले जानकारी दिए । टुहुराको अभिभावक बन्ने प्रयास खजुरा गाउँ पालिकाले गरेको छ ।बुवाआमाको ठेगान नभएका बालबालिकालाई पालिकाले संरक्षण गरेर पढाइदिनका लागि बजेट छुट्याइएको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताइन् ।

 

  • ६ पुष २०७९, बुधबार प्रकाशित
  • Nabintech