१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
विद्यालय भवन निर्माणका लागि भूमिपुजन
  • न्युज डेस्क

    २८ मंसिर २०७९, बुधबार

कोहलपुर २८ मंसिर

बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति  शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो । उक्त भवनका लागि भूमिपुजन गरिएको छ । आज विहान ८ः ४५ बजेको उत्तम साइतमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, वडा अध्यक्ष दिपेन्द्रकुमार चौधरी लगायतले भूमिपुजन गर्नुभएको विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीले जानकारी दिनुभयो । १ सय ९१ विद्यार्थी अध्ययनरत यो विद्यालयमा भवनको अभाव छ । एउटा जीर्ण र जस्तापाताले छाएको भवनमा विद्यार्थीहरु जोखिमपूर्ण तरिकाले अध्ययन गर्न बाध्य छन् । सुविधा सम्पन्न ४ कोठे पक्की भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने नगर विद्यालयका प्रअ वलीको भनाइ छ ।  नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने गरी आफुहरु लागि परेको बताउनुभयो । उहाँले कोहलपुरका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारदेखि जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताउनुभयो । भूमिपुजन कार्यक्रममा नगर शिक्षा समितिका सदस्य वीरेन्द्रबहादुर शाह, नेपाल राष्ट्रिय शिक्षक महासंघका बाँके अध्यक्ष पवन यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीताराम थारु, पूर्वअध्यक्ष लौटन थारुलगायतको उपस्थिति रहेको थियो ।

— 

  • २८ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech