११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
राँझामा बहुउद्देश्यीय भवन बन्ने
  • न्युज डेस्क

    २३ मंसिर २०७९, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन् । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ ।

हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताए । बहुउद्देश्यीय भवन एडिबीको सहयोग र खानेपानी तथा ढल निकास विभागको समन्वयमा बन्न लागेको नगरपालिकाका सब(इन्जिनियर समेत रहेका प्राविधिक सम्पर्क व्यक्ति पवन बुढाले जानकारी दिए ।

१ करोड ६६ लाख ९६ हजारको लागतमा भवन बन्न लागेको हो । महामारीजन्य रोगहरुलाई लक्षित गरेर होल्डिङ सेन्टरका रुपमा उपयोग गर्ने उद्देश्यका साथ भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले बहुउद्देश्यीय भवनको छेउँमा १५ शैयाको अस्पताल बनाउने योजना पनि रहेको जानकारी दिए ।

  • २३ मंसिर २०७९, शुक्रबार प्रकाशित
  • Nabintech