७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त
  • न्युज डेस्क

    २२ मंसिर २०७९, बिहीबार

कोहलपुर : लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसद कृष्णा केसी नमुनाले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य लगायत जनप्रतिनिधिसँग बुधबार भएको भेटघाटका क्रममा उनले विकास निमार्णका काममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएकी हुन् ।

कोहलपुर आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने भएपनि यहाँको विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् । ‘कोहलपुरका धेरै योजनाका लागि अघिल्लो कार्यकालमा समेत धेरै बजेट आएका छन्,’ उनले भनिन् ‘यो क्षेत्रबाट म निर्वाचित नभएपनि कोहलपुरको विकासमा मैले सक्दो योगदान गर्छु ।’

कोहलपुर नगरपालिकासँग विकासका लागि सहकार्य र समन्वय गरेर आफू अगाडी बढ्ने प्रदेश सांसद नमुनाले बताइन् । ‘यहाँको विकास र समृद्धिमा म पछि हट्ने छैन,’ उनले अगाडि थपिन्, ‘स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर प्रदेश सरकारबाट योजनाहरु पार्न भूमिका खेल्नेछु ।’

मेयर आचार्य र कोहलपुर १५ का वडाअध्यक्ष दिपेन्द्र चौधरीले नवनिर्वाचित सांसद नमुनालाई खादा लगाएर नगरपालिकामा स्वागत गरेका थिए । उनीहरुले सांसद नमुनालाई कोहलपुरमा प्रदेश सरकारबाट विकास निर्माणका योजना पार्नका लागि भूमिका खेल्न आग्रह गरे ।

यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) की नेतृ समेत रहेकी नमुना बाँकेको क्षेत्र नम्बर १ अन्तरगत पर्ने प्रदेश सभा-१ (क) बाट दोस्रो कार्यकालका लागि लुम्बिनी प्रदेशको सांसदमा पुनः निर्वाचित भएकी हुन् । उनी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएकी थिइन् ।

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech