१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
एमालेबाट निर्वाचित सांसद खत्रीको विपन्न तीन घरपरिवारका बालबालिका पाच बर्ष सम्म जिम्मेवारी वहन गर्ने घोषणा
  • न्युज डेस्क

    २२ मंसिर २०७९, बिहीबार

बाँके प्रदेशसभा ३(१) बाट निर्वाचित प्रदेशसभा सांसद रत्न  खत्रीले  निर्वाचन क्षेत्र अन्तर्गतका अति विपन्न तीन घरपरिवारका बालबालिकालार्ई ५ बर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी वहन गर्ने घोषणा गर्नुभएको छ ।

 

आईतबार नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठकमा एमाले बाँकेका सचिव समेत रहनुभएका सांसद खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका दलित मधेसी–मुस्लिम र थारु समुदायका १÷१ जना गरी ३ जना विद्यार्र्थीको ५ बर्ष सम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी आफुले वहन गर्ने घोषणा गर्नुभयो । खत्रीले पार्टी कमिटीले अति विपन्न घरपरिवारका बालबालिकाको पहिचान गरि छनौंट गर्ने बताउनुभयो । यसैगरी खत्रीले जनतासँगको सम्वन्धलाई बलियो बनाउन निर्वाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरि समन्वयको काम अघि बढाउने बताउनुभयो । सम्पर्क कार्यालयमा समन्वयका लागि एकजना कर्मचारीको ब्यवस्था गर्ने उहाँको भनाई छ ।

 

खत्रीले निर्वाचनको समयमा प्रत्येक महिनामा एकदिन निर्वाचन क्षेत्र अन्तर्गतका हरेक वडाका गाउँवस्तीमा प्रत्यक्ष पुगेर निरन्तर जनतासँग अन्तरक्रिया गरि अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ  । निर्वाचन परिचालनक कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले निर्वाचनका समयमा जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्न निर्वाचित सांसदसँगै पार्टी कमिटी पनि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech