७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बाँकेमा राष्ट्र बैंकअगाडि व्यवसायीको धर्ना
  • न्युज डेस्क

    ७ आश्विन २०७९, शुक्रबार

नेपालगन्ज — नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्जका व्यापारी आन्दोलित भएका छन् । नेपालन्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।

नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा शुक्रबार व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

 

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीका हितका लागि व्यवसाय सहज हुने गरी राष्ट्र बैंकले नीति संशोधन गर्नुपर्ने धारणा माग गरे । उनका अनुसार, ऋण ,ब्याज असुलीको नाममा बैंकहरुले व्यवसायीलाई ७ दिने सूचना पठाइ मानसिकरुपमा आतंकित बनाइरहेका छन् ।

संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरे । चाडबाडको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्नसमेत माग गरेका छन् । त्यसका लागि शनिबार बिहान अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय जमुनाह चोकमा उपभोक्ता सचेतना एवं दबाबमूलक कार्यक्रम गर्ने जनाइएको छ

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech