११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
ब्यापारी आन्दोलित
  • न्युज डेस्क

    ६ आश्विन २०७९, बिहीबार

नेपालगन्ज – नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध नेपालगन्जका ब्यापारी आन्दोलित भएका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि बैंक तथा बित्तिय संस्थाहरुले असोज १ देखि लागु हुने गरि ब्याज दरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्कामा परेको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले चरणबद्ध दवावमुलक कार्यक्रम घोषणा गरेको हो ।
‘अवैध सामान ओसार पसार नियन्त्रण र बैैैंकको चर्को ब्याजदर विरुद्ध संघ आन्दोलित भएको हो। ,’ ंसंघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने ,अवैध सामान ओसार पसार हुने मुहान रोकिनु पर्छ । अवैध सामान नियन्त्रण गर्न नाकामा बसेका सुरक्षाकर्मी र भन्सार कर्मचारी नै तस्करसंग मिलेको आशंका छ,  पछिल्लो समय नेपालगन्जको ब्यापार ८० प्रतिशतले घटेको अध्यक्ष अन्सुरीले बताए । बैंकले कारोवारको २०–२५ प्रतिशत लगानी गर्दा नेपालगन्जको ब्यापार, ब्यवसाय धरासायी भएको उनले जिकिर गरे ।
ब्यापार, ब्यवसाय नभएर मर्कामा परेको बेला नेपाल राष्ट्र बैंकले लगानी गरेको छैन नै ब्याज तिर्न नसकेर धितो राखेको जग्गा, जमिन र घर लिलाम हुने अवस्था छ । राष्ट्र बैंकको नीतिका कारण ब्यापारीलाई मर्नु न बाच्नु बनाएको छ,’ उनले भने ।
संघका प्रवक्ता टंक धामीका अनुसार चर्को ब्याजदर र २०–२५ प्रतिशत लगानी गर्ने नेपाल राष्ट्र बैंकको नीतिका विरुद्ध ७ असोजमा नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।
त्यसैगरी, अवैध सामान नियन्त्रण र स्वदेशमै किनमेल गर्न प्रोत्साहन गर्न ८ असोजमा नेपालगन्ज भन्सार कार्यालय अगाडी दवावमुलक तथा सचेतनामुलक कार्यक्रम गर्ने तालिका रहेको प्रवक्ता धामीले बताए । ‘माग सम्बोधन नभए विरोधका थप कार्यक्रम अगाडी बढाइने छ,’ उनले भने ।
बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, ब्यवसायीलाई हैरान पारेकै बेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको ब्यापार झनै धरासायी भएको संघका महासचिव चिरन्जीवि ओलीले बताए । ‘घरायसी सामान ल्याउने नाममा यहा दैनिक करोडौँको सामान भित्रिदै छ । यसले एकातिर राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपालगन्जको ब्यापार, ब्यवसायलाई प्रत्यक्ष असर पारेको छ,’ उनले भने ।संघले मुल बाटोबाट सामान ल्याउने बातावरण मिलाउन आग्रह गरेको छ ।
संघले बिहिवार पत्रकार सम्मेलनको आयोेजना गरि चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले चरणबद्ध दवावमुलक कार्यक्रमहरु अनुसार बिहिवार पत्रकार भेटघाट, शुक्रबार ७ गते बैंकको ब्याजदर बृद्धिको बिरोधमा नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी एक घण्टा धर्ना एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।यस्तै असोज ८ गते विहान ८ बजेदेखि अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय जमुनाहचोकमा उपभोक्ता सचेतना एवं दवावमुलक कार्यक्रम तय भएको पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित
  • Nabintech