२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार
एसईईमा सर्वत्कृष्ट अंक ल्याएर पास भएका दुइ विद्यार्थी लाइ ल्यापटप
  • न्युज डेस्क

    २९ भाद्र २०७९, बुधबार

(नेपालगन्ज)

नरैनापुर गाँउपालिकाले एसईईमा सर्वत्कृष्ट अंक ल्याएर पास भएका दुइ विद्यार्थी लाइ ल्यापटप प्रदान गरेको छ । एसईईमा सर्बउत्कृष्ट अंक ल्याएर पास भएको भन्दै विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले दुबै जनालाई ल्यापटप प्रदान गरेर सम्मान गरीएको हो । उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो। २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ।

नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।सो गाँउपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो।
कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताए ।

अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ यसै गरी तपाईहरु पनि मेहनत गर्नु होस सर्बोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।

गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने उनको भनाइ थियो ।

यसैगरी वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनिति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउदै उनले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताए ।

कार्यक्रममा गाँउपालिका अध्यक्षसँगै प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नं. ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सोही गाँउपालिकाको वडा नं. ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको थियो ।

वक्तृत्वकलामा उत्कृष्ट भएकाहरुलाई गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पुरस्कार वितरण गर्नु भएको थियो । बाँकेको पूर्वी क्षेत्रमा रहेको सबै भन्दा विकट मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको सबै भन्दा ठूलो समस्या रहेको थियो भने ५ वर्षमा ठूलो परिर्वतन भए पनि सरकारबाट सहयोग हुने हो भने देशकै नमूना पालिकाको रुपमा स्थापित हुने थियो ।

  • २९ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech