१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
वडामा नि:शुल्क स्वास्थ्य शिबिर
  • न्युज डेस्क

    २९ भाद्र २०७९, बुधबार

नेपालगन्ज :

नेपालगन्ज उपमहानगरपालिका वडा नं २० नयाँबस्ती र थपुवा गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश मानिसहरूमा खोकी लाग्ने र ज्वरो आउने समस्या देखिएपछि नि:शुल्क स्वास्थ्य शिबिर गरीएको छ ।
वडाध्यक्ष कौशल धोबीका अनुसार घरघरमा भाइरल ज्वरोको बिरामी रहेका छन् । उनले भाइरल ज्वरोको बिरामी बढेको भन्दै स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखासँग सहयोग मागेको बताए ।
पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएकाले त्यसैलाई मध्यनजर गरेर नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य शिविर गरेको स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उक्त वडाको थपुवामा ज्वरोका बिरामी धेरै भएको गुनासो आएपछि वडासँगको सहकार्यमा भेरी अस्पताल, स्वास्थ्य कार्यालय लगायतको सहकार्य र समन्वयमा शिविर गरिएको छ ।
भाइरल ज्वरो फैलिएपछि स्वास्थ्य कार्यालय, बाँके र नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गाउँमा स्वास्थ्य शिविर राखेको छ ।
भेरी अस्पतालका फिजिसियन डा. रजनी केसी र ल्याव टेक्निसियन केशव ज्ञवाली नेतृत्वको टोलीले बिरामीको स्वास्थ्य चेकजाँच गरेको हो । ७८ पुरुष र ३० महिला गरी १०८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको डेंगु रिपोर्ट नेगेटिभ आएको वलीले बताए ।

शिविरमा नेपालगञ्ज २० का वडा अध्यक्ष कौशल धोवी, स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगन्ज स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।

  • २९ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech