१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
बलात्कारको उजुरीमा हदम्याद हटाउन माग गर्दै सडकमा युवा
  • न्युज डेस्क

    १३ जेष्ठ २०७९, शुक्रबार

(नेपालगन्ज)
बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बाकेका युवाले शुक्रबार दबाब ¥याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने माग गरे ।
विद्यार्थीहरुले बलात्कारका केसमा हदम्याद हटाउनु पर्ने पिडीत लाइ चाडै न्याय दिनुपर्ने , बालिका र महिलाको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए ।
महिलाको सम्मान गर ,महिलाको अधिकार संमरक्षण गर ,भन्दै युवाहरुले सरकारले यो आवाज सुन्नुपर्छ भन्दै नारा लगाए ।
बाकेका रहेका युवा अभियान्ता ,क्याम्पसका विद्यार्थी सामूहिक रुपमा दबाब ¥याली निकालेका थिए । उनीहरूले जिल्ला प्रशासन बाके अगाढी प्रदर्शन गरे ।
प्रदर्शनको अगुवाइ गरेका विद्यार्थीहरूले बलात्कारविरुद्ध चाहियो कडा कानुन, महिला हिंसा अन्त्य गर, बलत्कारीलाई पक्राउ गर, बालिका र किशोरीको सुरक्षाको ग्यारेन्टी गर, बलात्कारविरुद्धको हदम्याद हटाऊ लगायत नारा लगाएका थिए ।
विरोध प्रदर्शनको अगुवाइ गरेका युवा अभियान्ता प्रकाश कुवरले बलात्कार र महिला हिंसा अन्त्यका लागि सरकारलाइ दबाब दिन विरोध प्रदर्शनमा उत्रिएको बताए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित
  • Nabintech