१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
ट्रककाे ठक्करबाट एककाे मृत्यु
  • न्युज डेस्क

    ७ पुष २०७८, बुधबार

न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ।  पुष्पलाल चोक नजिकै  बुधबार  ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक  मोटरसाइकललाई  ठक्कर दिएपछि  हमाल गम्भीर घाइते भएका थिए । घाइतेलाई नर्सिङ्ग होम पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएको छ ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित
  • Nabintech