७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बुद्धएयर आकस्मीक अवतरण
  • न्युज डेस्क

    १ पुष २०७८, बिहीबार

न्युज डेक्स, १ पुस(काठमाडौ)
इन्जीन फेल भएपछि काठमाडौ उड्न लागेको बुद्धएयरको विमान चितवनको भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेकोछ । बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज उड्न खोज्दो खोज्दै समस्या देखिएपछि अवतरण गरेको हो ।
विमानस्थल स्रोतका अनुसार भरतपुरदेखि काठमाडौ उड्न लागेको बिचक्राफ्ट जहाजमा दुई मध्ये बांया इन्जीन फेल भएपछि उडान भर्न नसकेको जनाएकोछ । विमानस्थलबाट जहाज उडेको दुई मिनेटमै पाइलटले कन्ट्रोलर टावरलाई जहाजलाई तुरुन्तै अवतरण गराउनु पर्ने जानकारी दिएको थियो । जहाजमा १८ जना यात्रु सवार थिए । यात्रु र चलक सबै सुरक्षित छन् ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech