१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
आयरल्यान्डसँगकाे शृङ्खला क्रिस गेलकाे बिदाइ खेल हुन सक्ने
  • न्युज डेस्क

    २२ मंसिर २०७८, बुधबार

क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ ।

आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना पार्कमा हुने तय भएको छ ।

गएको महिना क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभले अन्तिम खेलका लागि क्रिस गेललाई घरमा खेल्ने मौका दिनुपर्ने सबैले चाहेका बताएका थिए ।

टी–२० विश्व कपका क्रममा पनि गेलले जमैकामा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउने आशा व्यक्त गरेका थिए ।

टी–२० क्रिकेटमा क्रिस गेलको उपस्थिति निकै उत्कृष्ट रहेको छ । उनले २२ शतक र ८७ अर्धशतकसहित टी–२० मा १४ हजार तीन सय २१ रन बनाएका छन् । टेस्टमा उनले तीन सय ३३ रनको सबैभन्दा धेरै रनसहित सात हजारभन्दा धेरै रन बनाएका छन् । यस्तै तीन सय एक एकदिवसीयमा २५ शतक र ५४ अर्धशतकसहित १० हजार रन बनाएका छन् ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित
  • Nabintech