राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ । आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट देश चल्न नसक्ने भन्दै छिटो चुनावमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सत्तारुढ...
नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ । आज शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे । यस्तै स्थायी कमिटी बैठकले विधान...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन् । उपसमितिले...
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष,...