न्युज डेक्स(लन्डन)– नया“ भेरिएन्टको कोभीड–१९ को ओमिक्रोन संक्रमणले तीब्र लिने खतरा बढेकोछ । खास गरि युरोपेली देशहरुमा यसको संक्रमण तीब्र हुदै गएपछि विश्वभर खतरा देखिएको हो । बेलायती स्वास्थ्य अधिकारीहरुको अन्तरष्ट्रिय मिडिया मार्फत जानकरी दिए अनुसार संक्रमण बढ्दै गएको र बेलायतमा एक जनाको मृत्यु समेत भइसकेकोछ । फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन,...
अमेरिकाले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ । अघिल्लो महिना अमेरिकी...
पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ । मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई...
ज्याक डोर्सीलाई सिलिकन भ्यालीका ती सिमित मानिसहरुमा गणना गरिन्छ जसमा प्रविधिप्रति ठूलो लगाव छ । यदि उनी कुनै फिल्मका पात्र हुन्थे भने उनी तपाईलाई आफ्नै सोँचमा चल्ने व्यक्ति लाग्दछन् । उनी इमान्दार र आदर्शवादी व्यक्ति हुन् र प्रविधिले संसारमा शान्ति र खुसीयाली ल्याउँदछ भन्ने ठान्दछन् । उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् जसलाई बुझ्नका लागि कहिलेकाहीँ...
तालिबान समूहले महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी गरेको छ । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा आलोचना भैरहेको बेला प्रतिबद्धता सहित निर्देशिका जारी गरेको हो । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गर्दै महिलालाई स्वतन्त्रता दिएको बताउनुभएको समाचारसंस्था सिन्ह्वाले...
कोरोनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड...
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ । यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा...