१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार
अमेरिकी कुटनीतिज्ञले बेइजिङमा हुने शीतकालीन ओलम्पिक बहिष्कार गर्ने
  • न्युज डेस्क

    २२ मंसिर २०७८, बुधबार

अमेरिकाले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदाे वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कुटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने प्रस्ट पार्नुभएको छ ।

अमेरिकाले सन् २०२८ मा लस एञ्जलसमा ओलम्पिक आयोजना गर्दैछ । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सकी सभामुख न्यान्सी पेलोसीले प्रशासनको निर्णयको स्वागत गर्नुभएको बीबीसीले जनाएको छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित
  • Nabintech