१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
खजुरा गाउँपालिकाको आफनै भवनबाट १८औ गाउसभा सम्पन्न

स्थानीय सरकारले लगानी गरेका कामहरुको उपलब्धीको खोजी गर्नुपर्ने सुझाव

  • न्युज डेस्क

    २१ पुष २०८२, सोमबार

(नेपालगंन्ज )

बाकेको खजुरा गाउपालिकाले पहिलो पटक आफनै प्रशासनिक भवनबाट गाउपालिकाको १८औ गाउँसभा अधिवेशन भब्यरुपमा सम्पन्न गरेको छ। पौष २१ गते सोमबार सम्पन्न अधिवेशनलाई खजुरा गाउपालिकाको संस्थागत सुदृढीकरण र आत्मनिर्भर प्रशासनिक अभ्यासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

अधिवेशनमा सभा सदस्यहरुले स्थानीय सरकारले लगानी गरेका कामहरुमा उपलब्धी खोज्नुपर्ने सुझाव राखेका थिए । जनताको कर बाट संचालन सरकारले जनताको हितलाइ नै पहिलो प्राथमीकता राख्नुपर्ने जिकीर गरे ।

अधिवेशनमा आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक प्रगति प्रतिवेदनमाथि गहन समीक्षा गर्दै नया राजश्व दररेट थप, विद्यमान ऐन, कार्यक्रम तथा योजनामा आवश्यक संशोधन प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरिएको छ।

खजुरा गाउपालिका अध्यक्ष डम्मर बिकले १८औ गाउसभा अधिवेशनको सफल समापनसंगै खजुरा गाउँपालिकाले नीति कार्यान्वयनलाई तीव्रता दिने, सेवा प्रवाहलाई परिणाममुखी बनाउने र विकास निर्माणमा प्रभावकारी निर्णय लिने दिशामा थप सक्रिय भएको बताए ।

लामो समयदेखि अस्थायी तथा बाह्य संरचनामा सीमित हुँदै आएको गाउसभा अब आफनै भवनमा सञ्चालन हुनु स्थानीय सरकारको परिपक्वता, स्थायित्व र व्यवस्थागत क्षमताको स्पष्ट संकेत हो।

अधिवेशनमार्फत खजुरा गाउँपालिकाले सुशासन, वित्तीय अनुशासन र जनमुखी विकासलाई थप सुदृढ बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ। आफनै भवनबाट नीति निर्माण र निर्णय प्रक्रिया सञ्चालन हुनु जनताको करबाट निर्माण गरिएको संरचनाको सदुपयोग मात्र नभई स्थानीय स्वशासनको आत्मसम्मान र अधिकारको सशक्त अभ्यास भएको सरोकारवालाहरूको धारणा छ।

  • २१ पुष २०८२, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२