२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार
पूर्व मन्त्री राई ≤ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी

भेरी अस्पताल निर्माणका लागि ३२५ करोड रुपियाँ आफूले नै विनियोजन गर्न लगाएको बताउदै त्यसपछि आएका मन्त्रीले कार्यान्वयन गर्न नसकेको र यहाबाट गत निर्वाचनमा जितेका सांसदले कुनै दबाब पनि दिन नसकेको बताउनु भयो।

  • न्युज डेस्क

    ६ पुष २०८२, आईतवार

(नेपालगंन्ज )

जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नु भएको छ।

खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफूले अझै पनि बाँकेलाई झन् बढी विकसित र राम्रो बनाउने योजना र लक्ष्यका साथ अघि बढेको जानकारी गराउनु भयो।

विगतका निर्वाचनका बेला आफूले गरेको वाचा र योजनाले मूर्त रूप लिइरहेको जनाउँदै उहाँले गत निर्वाचनमा चुनाव जितेकाले सिन्को पनि न भाँचेको बताउनु भयो।

उहाँले गत प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई जनताले विगत भन्दा बढी माया गरेको र बढी मत दिएको जनाउँदै तर केही प्राविधिक कारणले मात्र हार बेहोर्न परेको सुनाउनु भयो।

उहाँले भेरी अस्पताल निर्माणका लागि ३२५ करोड रुपियाँ आफूले नै विनियोजन गर्न लगाएको बताउदै त्यसपछि आएका मन्त्रीले कार्यान्वयन गर्न नसकेको र यहाबाट गत निर्वाचनमा जितेका सांसदले कुनै दबाब पनि दिन नसकेको बताउनु भयो।

  • ६ पुष २०८२, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२