४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार
नेपालगंन्जमा रेड चिल्ली फलोरा रेस्टुरेन्ट एन्ड बार संचालनमा
  • न्युज डेस्क

    ११ असार २०८०, सोमबार

(नेपालगन्ज)

बाकेमा होटल रेस्टुरेन्टमा लगानि बढदो छ । पछिल्लो पुस्ताले रेस्टुरेन्टमा लगानी बढाइरहेका छन् । आइतबार देखि नेपालगन्ज उपमहानगरपालिका धम्बोजी चोक नजिकै नेपाल बैंक लिमिटेड रहेको माथिल्लो तलामा रेड चिल्ली फलोरा रेस्टुरेन्ट एन्ड बार संचालनमा आएको छ । कैलालीका दुइ युवा मिलेर सो रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।

अहिलेका अधिकांश युवा बिदेश ताकिरहदा स्वदेशमा स्वभावना देखेर बिदेश मोह त्यागेर कैलालीका ३० बर्षिय प्रवीण सोडारी र २४ बर्षिय दिनेश तिरुवाले ६० लाखको लगानीमा सो रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
काठका डिजाइनले थप आर्कषक देखिएको रेष्टुरेन्टमा बसेर चाइनिज फुडको स्वाद लिन सकिन्छ । साथमा लाइभ म्युजीक हेर्न सकिन्छ । रेष्टुरेन्टमामा १२ जना स्टाफ छन्।

पाच बर्ष जापान बसेर आएका सोडारीले जापानमा होटलमा काम गरेको अनुभवले रेष्टुरेन्ट संचालन गर्ने हौसला आएको बताए ।‘ जापानमा होटल लाइनमा काम गरे नेपालगंन्जमा पनि मारकेट राम्रो देखेर होटेलमा लगानी गरेका हौ ।’उनले भने, भिडभाड भन्दा शान्त ठाउ सबैको रोजाइ पर्ने भएकाले माथिल्लो तल्लामा रेष्टुरेन्ट संचालनमा ल्याएका हौ ।’

जापान जान भिषा कुरीरहेका दिनेश जापान जाने पैसा रेष्टुरेन्टमा लगानी गरेको बताए । ‘लकडाउन पछि जापान जाने भिष पनि आयो तर यहि बसेर केहि गर्र्ने सोच पलायो । त्यसैले दुइ जना मिलेर रेष्टुरेन्ट चलाउने योजना बनायौ । ’उनले भने ।
रेष्टुरेन्टको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले उदघाटन गरे ।

 

 

  • ११ असार २०८०, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२