२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार
५ सय २९ जनालाई नेपालगन्ज नाकाबाट उद्धार
  • न्युज डेस्क

    १६ पुष २०७९, शनिबार

 

(नेपालगन्ज)
माइती नेपाल नेपालगंन्ज यो वर्ष खोजतलासका लागि ६ सय ९३ जनाको निवेदन परेको छ। माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै खोजतलासको निवेदन दिएकामध्ये २ सय ४९ जना फेला परेको बताए। चारसय ४४ जनाको अवस्था अझै पनि अज्ञात छ ।
भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिने गरेका छन्।
माइती नेपाल, नेपालगन्जले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ।
जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका ८६ जना छन् । बाँकेका ८२ जना छन् । बाँकेमा सबैभन्दा धेरै कोहलपुरका २१ जना र बैजनाथका २० जना रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ ।
प्रेममा परेर बिबाह ,रोजगारीका नाममा घुम्न जाने बहानामा घरपरिवारसंगको सल्लाह बिना नेपालगन्ज नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई माइती नेपालले नाकाबाट फिर्ता गरेको हो।
माइती नेपाल, नेपालगन्जका संयोजक कोइरालाका अनुसार यो वर्ष नाकाबाट धेरैको उद्धार गरिएको हो । कोइरालाका अनुसार गत वर्ष ४ सय ३४ जनालाई नाकाबाट उद्धार गरिएको थियो।
माइती नेपालले यो वर्ष मानव बेचबिखनका ५ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।

 

  • १६ पुष २०७९, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२