नेपालगंन्ज ।
अंग्रेजी नया वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ कार्यक्रममा निशुल्क प्रबेशको ब्यबस्था मिलाएको छ ।
होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक ‘न्यु इयर इभ’ गर्न लागेको होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारीक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
जनरल म्यानेजर पाण्डेका अनुसार बुधबार बेलुका ७ बजेबाट सुरु हुने कार्यक्रम राती १२ बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायिका सदिक्षा कट्टेल, गायक करण परियार, निशान भट्टराई र दिप काफलेको बेजोड प्रस्तुती रहने भएको छ ।
होटल प्राङगनमा सञ्चालन हुने कार्यक्रम अवलोकन गर्न आउने दर्शकले सहुलियत दरमा (१ सय रुपैयादेखी ५ सय सम्मका) परिकार खान पाउने गरि स्टल राखिने पाण्डेले बताए ।
कार्यक्रम अवलोकन गर्नका लागि करिव २ हजार ५ सय दर्शक आउने होटलले अपेक्षा गरेको छ । ‘हाम्रो यहाँ नितान्त पारिवारीक वातावरणमा कार्यक्रम हुनेछ,’ उनले भने, ‘शान्ति सुरक्षाको लागि स्थानीय प्रहरी, प्रशासनसँग सहयोग मागेका छौं ।’
चिसो मौसमलाई मध्यनजर गर्दै कार्यक्रम स्थलमा टेण्ट र ’क्याम्प फायर’ को ब्यवस्था पनि गरिएको होटल पौवा नेपालगन्जका पब्लिक रिलेसन हेड नेत्रप्रसाद भण्डारीले जानकारी दिए । ‘कार्यक्रम अवलोकन गर्नका लागि परिवार सहित आउन हामीले निमन्त्रणा गरेका छौं,’ उनले भने ।
होटलका एजुकेटिभ सेफ दिपक भण्डारीले पौवाले गुणस्तरिय नेपाली परिकारहरु आफ्ना पाहुनालाई खुवाउने बताए । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो । नेपालगन्जसँगै पौवाका ५ वटा शाखामा निःशुल्क प्रवेशको ब्यवस्था सहित ‘न्यु इयर इभ’ कार्यक्रम गर्न लागिएको होटलले जनाएको छ । पौवाले नेपालगन्जमा ५ तारे स्तरको सेवा दिने उद्देश्य सहित पुर्वाधार निर्माणको काम पनि गरिरहेको छ ।पौवाको हाल देशभर १७ वटा शाखा सञ्चालनमा रहेको बताइएको छ ।











