(नेपालगंन्ज)
नया वर्ष २०२६ को अवसरमा सिद्धार्थ हस्पिटालिटीले आयोजना गर्न लागेको न्यू इयर इभ कन्सर्टप्रति दर्शकको आकर्षण बढ्दै गएको छ।
तिन हजार जना अट्ने क्षमताको कार्यक्रमस्थलका लागि हालसम्म ५०० वटा टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ।
“द बिगेस्ट न्यू इयर इभ कन्सर्ट इज हियर” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, त्रिजा प्रधान एन्ड टिम, डिजे झपाली तथा एम्सी सुमन थापा को प्रस्तुति रहनेछ।
आयोजकका अनुसार पहिले टिकट बुक गर्ने दर्शकहरूका लागि विशेष सिट एरेन्जमेन्टको व्यवस्था गरिएको छ। कार्यक्रममा लाइभ कन्सर्ट, डिजे म्युजिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ भने सहभागीका लागि स्न्याक्स र डिनर पनि समावेश गरिएको छ।
टिकट दर अनुसार वयस्कः लाइ २,००० , २,५०० जोडीलाइ . ४,००० बालबालिकाः १,५०० मा प्रबेश शुल्क निर्धारण गरीएको छ ।
आयोजकले सीमित टिकट उपलब्ध भएकाले नया वर्षको उत्सव संगीत र मनोरञ्जनसंगै मनाउन चाहने दर्शकलाई समयमै टिकट बुक गर्न आग्रह गरेका छन् ।











