३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार
नेपाली कांग्रेस सह–महामन्त्री राठौर- जेन्जीका नाममा जेजति जलेको छ, त्यसको जिम्मा जेन्जीले लिनुपर्छ ।’

‘यो व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था हो । ’भलै यो व्यवस्था हाँक्ने व्यक्ति गलत थिए होलान् । त्यसको विरोध गर्न पाईन्छ । तर, विरोधका नाममा विध्वशं मच्चाउन पाईदैन ।उनले भनेर्, आज कार्यपालिका जलेको छ । व्यवस्थापिका जलेको छ । न्यायपालिका जलेको छ । जेन्जीका नाममा जेजति जलेको छ, त्यसको जिम्मा जेन्जीले लिनुपर्छ ।’

  • न्युज डेस्क

    ८ पुष २०८२, मंगलवार

(नेपालगंन्ज )
नेपाली कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौरले राज्यका तीन वटै अंग जलाइनु, नेपाली मारिनु, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिनु कुनैपनि दृष्टिकोणले सहि नभएको बताएका छन् ।
नेपालगन्जमा मंगलबार नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले आन्दोलनका नाममा बिध्वंश मच्चाउन नपाईने बताएका हुन् ।
उनले भने,–‘यो व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था हो । ’भलै यो व्यवस्था हाँक्ने व्यक्ति गलत थिए होलान् । त्यसको विरोध गर्न पाईन्छ । तर, विरोधका नाममा विध्वशं मच्चाउन पाईदैन ।उनले भनेर्, आज कार्यपालिका जलेको छ । व्यवस्थापिका जलेको छ । न्यायपालिका जलेको छ । जेन्जीका नाममा जेजति जलेको छ, त्यसको जिम्मा जेन्जीले लिनुपर्छ ।’
पार्टीले १५औं महाधिवेशन र आमनिर्वाचनको तयारी संगसंगै अघि बढाएको जानकारी दिँदै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र काँग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनु पर्ने उनको भनाई थियो ।

यसैविच नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफु लोकतन्त्रको सिपाही भएको बताएका छन् । उनले पाटीको आगामी महाधिवेशनमा उप–सभापति पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन् । नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गर्दै उनले आफु कुन समूहबाट लड्ने भन्ने विषय पछि टुंगो लाग्ने समेत बताए ।
नेपाली काँग्रेसको अधिवेशनका सन्दर्भमा कुरा गर्दै नेपाली काँग्रसका केन्द्रिय नेता संजय गौतमले बलियो काँगे्रसका लागि अधिवेशन अनिवार्य शर्त रहेको बताए ।उनले भने,–‘जसरी मान्छेको जिवनमा प्राण जरुरी छ । पाटीको जिवनमा पनि त्यसको प्राण भनेको विचार नै हो । नेपाली काँग्रेसले बोकेको विचारले नै आज संसार हँकेको छ ।’
नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले भवन निर्माणमा सहयोग गर्ने दाताहरू, पार्टी नेता–कार्यकर्ता र स्थानीयवासी प्रति धन्यवाद व्यक्त गरेका थिए । काँग्रेस बाकेका जिल्ला सचिव सुधांशु कोईरालाले सन्चालन गरेको कार्यक्रममा उपस्थिति रहेको थियो ।

  • ८ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२