१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार
योजना निर्माण तथा बजेट विनियोजनमा विभेदकारी व्यवहार झेल्दै दलित महिला जनप्रतिनिधि

दलित महिला संघ फेडो बाकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधिहरूको एकताको अभावमा एक्लै काम गर्न सम्भव नभएको दुखेसो गरे ।

  • न्युज डेस्क

    ९ मंसिर २०८२, मंगलवार


नेपालगंन्ज ।
दलित महिला जनप्रतिनिधिहरूले आफूहरूले दलितहरूको सवालमा काम गर्न नसकेको दुखेसो पोखेका छन् । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका दलित जनप्रतिनिधिले गुनासो गरेका हुन् ।
दलित महिला संघ फेडो बाकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधिहरूको एकताको अभावमा एक्लै काम गर्न सम्भव नभएको दुखेसो गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ कि दलित महिला सदस्य कल्पना नेपालीले काम गर्न खोज्दा पनि काम गर्न नसकेको बताइन्। ‘हामी हाम्रो हक तथा अधिकारका लागि एक्ला–एक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन।’, दलितका लागि बजेट चाहिन्छ भन्ने सवालमा आवाज उठाउदा पनि कतैबाट सहयोग पाइदैन। हामीले मात्रै आवाज उठाएर कसैले सुन्दैनन् ।’

कोहलपुर नगरपालिका वडा नम्बर ३ रेखा सुनारले दलित महिला सदस्यहरू विभाजित भएकाले एकता हुन नसकेको सुनाइन्। ‘हामी दलित महिला आफै एकजुट छैनौ ।त्यसैले सोचेको सपना पूरा गर्न सकेका छैनौ ’उनले भनिन्‘ ‘दलितको सवालमा हामी एकजुट हुन आवश्यक छ।’
खजुरा गाउँपालिका वडा नम्बर ४ की वडा सदस्य लिला कुमारी सुनारले पार्टीले आफुहरुलाइ विभाजित बनाएको बताइन्। ‘वडामा आउने हरेक योजनामा वडाले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन हुन्छ ।’ “फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो । उनले भनिन्,‘हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा हामीलाइ सहभागी गराइदैन् ।’
खजुरा गाउँपालिका वडा नम्बर २ की वडा सदस्य मिना सुनारले दलित समुदायका लागि बजेट माग गर्दा लक्षीत समुदायको बजेट देखाउदै मुख बन्द गरिदिने परम्परा यथावत रहेको बताइन्। उनले भनिन्, ‘आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गराइ दबाब दिन आवश्यक छ ।’

दलित महिला संघ फेडो बाकेकी अध्यक्ष निर्मला सुनारले राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्न जरुरी भएको बताइन् । ‘आफनो हक अधिकारसंगै हरेक काममा समानता खोज्न जरुरी छ।’ उनले भनिन्,‘अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ। कहा कसरी समन्वय गर्नुपर्छ क्षमता अभिृद्धि गर्नका लागि हामी सहकार्यका लागि तयार छौ।’

दलित महिला संघ फेडोको आयोजना र डि.सि.ए.को आर्थिक सहयोगमा दलित तथा सिमान्तकृत समुदायको महिला महिलाहरूको स्रोत र सेवा प्रवाह पहुंच मानव अधिकारको सुनिस्चित अवरोध कम अन्तर्गत नेपालगंजमा जिल्ला स्तरीय निर्वाचित दलित जनप्रतिनिधिहरुको साझा मञ्च गठन गठन गरिएको छ । रेखा सुनारको अध्यक्षतामा १८ सदस्य साझा मञ्च गठन गरिएको हो।

 

 

 

  • ९ मंसिर २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२