२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
एक्सा पेरियन्ट्ल्स कम्पनीले भुकम्प पिडितका लागि औषधी सहयोग
  • न्युज डेस्क

    २२ कार्तिक २०८०, बुधबार

(नेपालगन्ज)
जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि एक्सा पेरियन्ट्ल्स कमपनीले एक ट्रक औषधी बँकेका प्रमुख जिल्ला अधिकरी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेको छ । बुधबार प्रजिअ पोखरेललाई कम्पनिका नेपाल प्रमुख गोपाल साउद र बजार प्रतिनिधी दिपक कुमार खडकाले हस्तान्तरण गरे ।
कम्पनिका एमडि रुचिर गुप्ता ,भिपी रजनिश बर्मा र जिएम पुनित भारगभलाई एक्सादिप फारमा डिस्टीबयुटर प्रदिप मान बैध, औषधि ब्यवसायी संघका प्रदेश उपाध्यक्ष अभय बस्नेत ,जिल्लाका उपाध्यक्ष पवन गुप्ताको उपस्थीती थियो ।
एक्जा प्यारेन्टल्स् लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २७ हजार सात सय ५० बोतल सलाइन पानी सहयोग गरेको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बँके मार्फत भूकम्पपीडितको उपचारमा सहयोग गरिएको हो ।
सामाजिक उत्तर दायित्व अन्तर्गत भूकम्प पीडितलाई करिब तेह्र लाख रुपैया बराबरको सोह्र टन सलाइन प्रजिअ पोखरेललाई हस्तान्तरण गरिएको कम्पनीका नेपाल प्रमुख साउदले बताए ।
हस्तान्तरित उक्त साईलन ग्रहण गर्दै प्रजिअ पोखरेलले बिहिबार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पठाउने बताए ।यस्का साथै प्रजिअ पोखरेलले बिपत्तिमा अति आवश्यक औषधि दिने लाइ आभार ब्यक्त गरे ।

 

  • २२ कार्तिक २०८०, बुधबार प्रकाशित
  • Nabintech