२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
प्रहरी द्धारा रक्तदान
  • न्युज डेस्क

    २५ आश्विन २०८०, बिहीबार

 

(नेपालगंन्ज)
बाँकेमा रगतको अभाव देखीएपछि प्रहरीले रक्तदान गरेर रगत संकलन गरेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा अस्पतालकै प्रांगढमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदानभएकाले मानबीयाता बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको प्रदेश अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिन कुमार श्रेष्ठले बताए  ।
‘समाजमा अरु लाइ पनि हौसला होस भनेर प्रहरीको प्रयास सन्देश दिनका लागि यो कार्यक्रममो आयोजना गरेका हौं ।’ रक्तदान कार्यक्रममा ३७ जना प्रहरीले रक्तदान गरेका छन् ।

रक्तदानका लागि प्राविधक सहयोग नेपला रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्ज बाँकेले गरेको थियो । प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

श्रेष्ठका  अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्ज, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, हाल नेपालगन्ज बाँके, त्यसैगरी लुम्बिनी प्रदेश प्रहरीगण खजुरा बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरीले रक्तदान गरेका थिए ।

 

  • २५ आश्विन २०८०, बिहीबार प्रकाशित
  • Nabintech