३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार
बारबर्दिया  नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
  • न्युज डेस्क

    ९ असार २०८०, शनिबार

मेनका चाैधरी :बर्दिया ९असार

बारबर्दिया  नगरपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  बारबर्दिया नगरपालिकाले तेह्राेँ नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम शनिबार प्रस्तुत  बारबर्दिया नगरपालिका काे नगर प्रमुख छविलाल चाैधरीले प्रस्तुत गर्नु भएकाे थियोे । बारबर्दिया नगरपालिकाको तेह्रौं नगर सभामा नगर उप प्रमुख रत्न पाण्डेले आगामी वर्षको लागि नीति तथा कार्यक्रम वाचन गर्ने   नगरपालिका प्रमुखले अनुमतिदिदा उपप्रमुख पाण्डेले वाचन गर्नुभएकाे हाे ।। ‘कृषि, उधाेगर पर्यटनमा बृद्वि : बारबर्दियाकाे समृद्वी ,  भन्ने मुल नाराकासाथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम ल्याईएको छ । नगरपालिकाले नगरको समग्र विकास, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मध्यनगर गरि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनुका साथै समग्र नागरिकको स्वास्थ्यमा सुधार गरि शिक्षालाई बैज्ञानिक, प्रतिस्पर्धी बनाई समग्र बारबर्दिया नगरलाई सामाजिक, शैक्षिक, सांस्कृतिक र आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरिने’ लक्ष्यका साथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम बनाईएको छ । नगरपालिकालाई प्राप्त हुने स्रोत साधनको उच्चतम उपयोग गरि नगर क्षेत्रको आर्थिक, सामाजिक र भौतिक विकास गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ । सार्वजनिक जग्गा, बाटो, तालतलैया, पार्क, वनजंगल, नदि र खोलानालाको संरक्षण गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम नगर उप प्रमुख पाण्डेले प्रस्तुत गनुभयाे। …..
ग्रिन नगर क्लिन नगर बनाउने र पुर्ण सरसफाइ नगरपालिका घाेषणा गर्न अावश्यक कार्यक्रम संचालन गर्ने,  नगरपालिका भित्र देखिएकाे सामाजिक समस्या बालबिवाह उन्मुलन गर्ने , कम्तिमा १० बिगाह क्षेत्रमा कृषि सिकाई केन्द्र स्थापना गर्ने नगरपालिकाकाे नीति तथा कार्यक्रमा राखिएकाे छ।
टुहुरा असाय बालबालिकाहरुकाे संरक्षण केन्द्रमा राखि उनिहरुकाे पालनपाेषण र शिक्षाकाे उचित ब्यवस्था मिलमाउनकाे साथै उच्च शिक्षामा सहयाेग तथा राेजगारमा सहयाेग गर्ने ,  सहिद बिष्णुधनि शिक्षालयमा संचालित बन बिज्ञान संकायका अतिरिक्त ताप पाँच प्राबिधिक  संकाय यसै बर्षदेखि संचालन गर्ने नीति तथा कारक्रमा राखिएकाे छ ।
नगर भित्रका मासु पसल, तरकारी तथा हाटबजारलाई व्यवस्थित गरि स्वच्छ उपभोग्य वस्तुको आपुर्ति गर्ने योजना नगरपालिकाले ल्याएको छ । कृषि पशुपालनलाई व्यवसायीक तथा सम्मानित पेशाको रुपमा विकास गर्ने र गरिबी निवारण गर्ने, सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, निशुल्क, प्रतिस्पर्धी र व्यवसायीक दक्ष प्राविधिक उत्पादन गर्ने । सरसफाई र फोहोर मैला व्यवस्थापन तथा ल्याण्डफिल्ड साइटलाई थप व्यवस्थित गरि सफा, स्वच्छ र सुन्दर बारबर्दिया बनाउने नीति पालिकाले अगाडि सारेको छ । त्यसैगरी नगरपालिकाको वस्तुस्थिती झल्किने नगरपालिकाको प्रोफाइल तयार गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल चाैधरी, उप–प्रमुख रत्न पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अशाेक काेइराला, ११ वटा अध्यक्षहरु,कार्यपालीका सदस्य कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
  • ९ असार २०८०, शनिबार प्रकाशित
  • Nabintech