२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार
मानव बेचबिखन नियन्त्रण सम्बन्धि सडक नाटक प्रर्दशन
  • न्युज डेस्क

    ३१ जेष्ठ २०८०, बुधबार

 

मेनका चौधरी ः बाँके,२७ जेठ

गुलरिया वडा नम्वर ४ वेचैपुरमा लैंगिक हिंसा बिरुद्व जागौं , मानव बेचबिखन रोकौं’ भन्ने नारा सहित लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि सडक नाटक प्रर्दशन गरिएको छ ।

मानव अधिकारका लागि एकल महिला विकास केन्द्र गुलरिया बर्दियाको आयोजनामा सुर्र्याेदय सांस्कृतिक प्रतिष्ठानले गुलरियाको प्रस्तुती सवै वडाहरुमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको हो ।

लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि झण्डै १ घण्टा जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए । टिमले प्रदर्शन गरेको जनचेतनामुलक नाटकलाई स्थानियहरुले एक दमै प्रभावीत भएका छन् खुबै मन पाएका छन् ।

नाटकमा घरमा काम गर्ने महिला कामदारलाई साहुमहाजनले गर्ने ब्यवहार, बलत्कार घरमा महिलाहरुमा हुने हिंसा , महिलालाई माया जालमा फसाएर भारतमा लगेर व्यवायालयमा बेचिएको वेला महिला एडरोगको सीकार भएको बेला कोठीबाट वेचीएको चेलीलाई निकालीएको हिसाँको घटनाहरु आदि समेटिएर नाटकमा देखाइएको छ ।

प्रदर्शन गरेको जनचेतनमुलक नाटक समय सान्द्रभिक रहेको स्थानियहरुले बताएका छन् । गुलरिया नगरपालिका भारत सँग जोडिएको खुला सिमा रहेको कारण मानव बेचबिखनको उच्च जोखिममा रहदै आएका छ त्यसले गर्दा गाँउका महिलाहरुलाई सर्तक गर्न औहान गरेको हो ।

नाटकमा मानव बेचविखनको अवस्था कारण, दलालहरुले अपनाउने तौरतरिका, बेचिएपछि पाउने दुस्ख कष्ट जस्ता बिषय बस्तु समेटियर नाटकमा देखाईएको छ ।

घरेलु हिंसा तथा बेचबिखनमा परेपछि अपनाउनुपर्ने कानुनी व्यवस्था, लैगिकता र मानव बेचविखन विरुद्ध स्थानियहरुको भुमिका लगायतको वारेमा नाटकमा देखाईएको मानव अधिकारका लागि एकल महिला बिकास केन्द्रबर्दियाकी अध्यक्ष मिना थापाले बताउनु भयो ।

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलयको अर्थिक सहयोग, गुलरिया नगरपालिकाको समन्वयमा सुर्योदय सांस्कृतिक प्रतिष्ठान गुलरिया बर्दियाले प्रर्दशन गरेको हो ।

 

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित
  • Nabintech