१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
भाडामा छुट दिन माग
  • न्युज डेस्क

    २३ चैत्र २०७९, बिहीबार

(नेपालगन्ज )

नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली रहेका छन्।पहिलाको तुलनामा बजारमा कुनै रौनक छैन् । नेपालगंन्जमा घटदो ब्यापार काोभिड पछि ब्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै घरधनीले भाडामा छुट दिन माग गरीएको छ ।
बुधबार नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन माग गरेको हो।

‘ब्यवसाय गरीरहेका ब्यापारी लाइ लाइ छुट दिएर ब्यवसायी लाइ ब्यापार गर्ने वातारण मिलाइदिन अनुरोध गर्छौ ।’ महासंघका बाके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिले नया ब्यवसायी आउने अवस्था छैन् त्यसैले सटर खाली गर्नु भन्दा भाडामा छुट दिएर भएका ब्यवसायी लाइ बस्न दिनुपर्छ।’ ब्यवसायीहरुले भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउदासम्म जति सकिन्छ भाडादरमा छुट उपलब्ध गराउन माग गरे।

महासंघले नेपालगन्जको व्यवसायलाई टिकाइ राख्न स्थानीय सरकारले लिने गरेको व्यवसायिक कर र भाडामा छुट दिने घरधनीको घरबहाल कर मिनाहा गरिदिन अनुरोध गरेको छ।

महासंघका सचिव भीम रानाभाटले व्यवसायीले नियमित तिर्दै आएको नविकरण शुल्कहरु नगरपालिका, बाणिज्य कार्यालय, घरेलु, औषधी व्यवस्था कार्यालय, अन्तशुल्क कार्यालय, उद्योग वाणिज्य संघ लगायत मातहतका कार्यालयले नविकरण तथा जरिवाना मिनाहा गरिदिन माग गरे। उनले ब्यवसाय नै चौपप भए कुनै पनि ठाउको बिकास सम्भव नहुने बताए ।

 

 

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित
  • Nabintech