१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
ब्याजदरको विरुद्धमा नेपालगन्जमा व्यापारीको प्रर्दशन
  • न्युज डेस्क

    २१ चैत्र २०७९, मंगलवार

(नेपालगन्ज)
सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्।
बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरूले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएका हुन्।
राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन, बाकेको संयोजनमा उद्योगी, व्यापारीले नेपालगन्जमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
बृहत विरोध रयाली तथा ज्ञापन बुझाउन राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा, केन्द्रीय सदस्यहरु ओमप्रकाश आजाद र पवित्रा सुब्बा, संगठनका बाँके संयोजक नन्दलाल बैश्य, मुस्लिम समाज संघका केन्द्रीय अध्यक्ष सुलाउद्दिन जसगढ, ब्यवसायी बिन्दुचर्तीमगर, इन्दिरा शाही लगायतको उपस्थिति थियो।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech