१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
सन्तानेश्वर महादेव जाने पर्यटकलाई नरैनापुरका अध्यक्ष शाहले गरे भव्य स्वागत
  • न्युज डेस्क

    ९ माघ २०७९, सोमबार

९ माघ । नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ ।
सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।
सन्तानेश्वर महादेव मन्दिर जान लागेका तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव बिरजेन्द्र यादव, धिरज खड्का,  नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए ।
तिर्थालुहरु संग कुरा गर्दै अध्यक्ष शाहले नरैनापुर दुर्गमको नामबाट चिनिए पनि अब नरैनापुर सुगम बन्ने बताउदै नरैनापुरलाई पर्यटनको हबको बिकास गर्न तर्फ आफू लागि परेकोले आ आफनो स्तरबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
नरैनापुर गाउँपालिका भित्रीएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गरेका थिए । हिजो आईतबार लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्ण केसी नमूना सहित टोली  पहाडको टापुमा रहेको मन्दीरको अवलोकन गरेर फर्किनु भएको थियो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित
  • Nabintech