१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
बाल उद्यान महोत्सव परिसरमा
  • न्युज डेस्क

    ६ माघ २०७९, शुक्रबार

६ माघ, बाँके । नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ ।

बाँकेको नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ ।

भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगञ्ज आईपुगेका छन । महोत्सव परिसरमा ट्रकमा ल्याइएका माल सामान उतार्ने कार्य भईरहेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी दिए ।

भन्सार प्रक्रियामा समय लागेको भएपनि सम्भावित बाल उद्यान आजै देखि जडान थालिने संयोजक कर्णेलले बताए ।

महोत्सव संचालन हुन अब ४ दिन मात्र बाँकी छ । यस बाहेक महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने आज स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको छ । स्टल बुकिङ्ग भने अहिले केही प्रतिशत मात्र बाँकी रहेको संयोजक कर्णेलले बताए ।

सचिवालय महोत्सव परिसर भित्रै स्थानतरण गरिएको छ ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित
  • Nabintech