७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न
  • न्युज डेस्क

    २१ पुष २०७९, बिहीबार

(बाँके) पुस  । माटो सुहाँउदो खेतीवातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो ।

माटो तथा मल पक्षिण प्रयोग शाला खजुराको प्राविधिक सहयोगमा नरैनपुर गाँउपालिकाको आयोजनामा सम्पन्न भएको शिबिरमा करिब १ सय घरधुरिले माटो परिक्षण गराएका छन् ।
किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा नरैनापुर गाउँपालिकाका वडा नं ४ देखि ६ सम्मका किसानहरुको सहभागिता रहेको थियो । शिविरमा फस्फोरस, पोटास, नाईट्रोजनर माटोको पि.एचको मात्रा जाँच गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो ।

माटो परिक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने विश्वास गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको भनाई थियो । कुन माटो खाद्य तत्व छ कुन छैन् यर्थात रुपमा परिक्षण गरेर पत्ता लागाउनका लागि शिविरको आयोजना गरिएको थियो ।

 

 

  • २१ पुष २०७९, बिहीबार प्रकाशित
  • Nabintech