१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
कतै आमा छोरी, कतै दाजुभाइ एउटै पदमा उम्मेदवारी
  • न्युज डेस्क

    १५ बैशाख २०७९, बिहीबार

(नेपालगन्ज )
मोमीना खातुन ०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चा बाट प्रमुखको दाबेदार थिइन् ।राष्ट्रिय जनमोर्चा पाटि मा लामो समय देखि राजनीतिमा होमीएकी उनि अहिले खजुरा गाउपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । जहा उनकै छोरी नजिरा बेगम लाइ एमाले ले उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
राजनीतिमा लामो समयदेखि लागेकी खातुन यो पटक अध्यक्षको उम्मेदवारी दिने तयारीमा थिइन् । ‘सोचे जस्तो भएन् गठबन्धन लाइ पनि मिलाउनुपर्ने भएकाले उपाध्यक्षमा उठेको हु ’उनले भनीन् ,‘ छोरी उपाध्क्षमा उठेर म उठेको होइन् हामी दुबै आफनो पाटिका उम्मेदवार मात्र हौ ।’
एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवारी दिएपछि राष्ट्रिय जनमोर्चा बाट मोमीनाले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । खजुरा गाउपालीकाको उपाध्यक्षमा ६ जनाले जनाको उम्मेदवारी परेको छ । खजुरामा भने अध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरीरहेका छन् । नेकपा (माओवादी) केन्द्र र काग्रेसको गठबन्धनमा माओवादी केन्द्रले अध्ययक्ष तथा काग्रेसले उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
२०७४ सालको स्थानीयतहको चुनावमा निर्वाचित जानकी गाउपालिकाको उपाध्यक्ष भुमिसरा धितालले फेरी पनि उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् उनि गत बर्ष पनि एमाले उपाध्यक्षमा निर्वाचीत भएकी थिइन् । सोही पदमा उनकी छोरी निर्जना धिताल शर्मा अहिले स्वतन्त्रमा उम्मेदवारी दिएकी छन् । मधेशी बाहुल्य रहेको सो पालिकामा उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ । जुन पालिकामा अध्यक्षमा जसपा र उपाध्यक्षमा माओवादी केन्द्रले गठबन्धन गरी उम्मेदवार बनाएका छन् ।
एउटै पदमा दोहोरीने तथा धेरै आकाक्षी देखिने हुन्छन् नै तर एउटै पदमा परिवार बाटै उम्मेदवार हुने बिरलै हुन्छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराए ।
सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी ििदएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका बिनोद हाल तरुण दल बँकेको सचिव छन् ।
विनोदका प्रतिस्पर्धी आफनै सहोदर भाइ प्रमोद रिजाल एमाले बाट वडा नं १को वडा अध्यक्षका लागि उम्मेदावार छन् । उनि अघिल्लो कार्यकालको पनि वडाध्यक्ष थिए। । उनि उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । ‘वडामा गरेका राम्रा कामहरुको मुल्याकंन गरेर पाटिले फेरी अवसर दिएपछि जिम्मेवारी नलीने भन्ने कुरा आउदैन् ’उनले भने,‘हामी आ –आफनो पाटि बाट प्रतिनिधीत्व गरेकाले सम्बन्धमा कुनै तित्तता छैन् ’

त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धामा छन् नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला ६५ मतले पराजीत भएका थिए ।। माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्रबाट वडाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
‘दुबैले आआफनो जितका लागि प्रतिस्पर्धा गर्ने हो । जो संग जनाधार बलियो छ उसैले जित्ने हो यो बिल्कुलै राजनीतिक प्रतिस्पर्धा हो’ उनले भने,‘चुवावी प्रतिस्पर्धा र सम्बन्ध फरक कुरा हुन् । ’
जिल्लाको आठ स्थानीय तहमा ४सय २१ पदका लागि दुई हजार ३ सय २९ जनाको उम्मेदवारी परेको छ ।
मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ ।यस्तै वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महलिा सदस्यमा ४२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबै भन्दा बढि नेपालगंन्जको मेयर पदका लागि १८ जना र उपमेयरका लागि १० जनाले उम्मेदवारी परेको छ ।

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech