१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
वडा अध्यक्षले बुझाए सरकारी सवारी साधन्
  • न्युज डेस्क

    ७ बैशाख २०७९, बुधबार

(नेपालगन्ज )
आगामी चुनावका लागि जनप्रतिनिधीले सरकारी आचारसंहिताको उल्लघन गरेर आफुले पाएको सवारी साधन प्रयोग गरीरहेको बेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एकका जनप्रतिनिधीले सरकारी सवारी साधन वडा कार्यालयलाई बुझाएका छन । वडाध्यक्ष प्रमोद रिजालले जनप्रतिनिधी भएका बेला आफुले प्रयोग गर्दै आएको मोटसराईकल र प्यापटप सोमबार वडा कार्यालयलाई बुझाएका हुन् ।
यसरी सरकारको आचासंहिता पालना गर्दै सरकारी सवारी साधन् र अन्य प्रयोजनका सामान कार्यालयलाई समयमै बुझाउने बाकेका स्थानीय तहमध्ये उनी पहिलो हुन ।
यहाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका सहितका आठवटै पालिका र यस अन्र्तगतका वडापालिकाले सरकारी सम्पति अहिले सम्म कसैले बुझाएका छैनन् ।
उपमहानगरपालिका वडा नम्बर एकका अध्यक्षले पहिलो पटक सरकारी सम्पति पालिकालाई बुझाएका मात्रै होइनन उनले पाच बर्षमा वडापालिकाले वडातहमा गरेका विकाससँगै समग्र गतिविधीका बारे भिडियो डकुमेन्टी बनाएर आम वडाबासीलाई वडाको अबस्थाका बारे पनि प्रकाश पारेका छन् ।
वडापालिकाले पाँच बर्षको अबधीमा गरेको गतिविधीलाई समेटेर ‘धम्बोझी’ नाम पुस्तक समेत प्रकाशित गरे ।
सोमबार एक कार्यक्रमका बिच एक्त पुस्तकको अध्यक्ष रिजालसँगै वडाबासीले संयुक्त रूपमा विमोचन समेत गरे ।

 

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech