१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
सांसद बानिया बिमानस्थलबाट पक्राउ
  • न्युज डेस्क

    १६ फाल्गुन २०७८, सोमबार

(नेपालगन्ज)
जबरजस्ती करणी अभियोग लागेका एमाले सांसद मोहन बानिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाकेका डीएसपी मधुसुदन न्यौपानेले बानिया लाइ सोमबार नेपालगंन्ज बिमानस्थलबाट पक्राउ गरीएको बताए । काठमाडौ बाट फर्कदै गर्दा नेपालगंन्ज बाट बानिया पक्राउ परेका हुन् ।
जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँ विरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
ती महिलाले दिएको उजुरीपछि जानकारी दिदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए।
पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे नेता बानियाँले त्यो सबै झुट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए।
सांसद बानिया पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित
  • Nabintech