११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
एमाले सांसद बानिया विरुद्ध पक्राउ पूर्जी जारी
  • न्युज डेस्क

    ४ फाल्गुन २०७८, बुधबार

(नेपालगन्ज)
एमाले सांसद मोहन बानिया विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुदन न्यौपानेले बताए । ‘पक्राउ पूर्जीका अनुमती मागेका थियौ सम्मानीत अदालतले सोमबार नै अनुमती दिएको हो । ’उनले भने ,‘अहिले उहा सम्पर्कमा हुनुन्न् पहिलो कुरा जानकारी गराउछौ सम्भवत आफै सम्पर्कमा आउनुहुन्छ होला ।आउनुभएन भने खोजेर नियन्त्रणमा लिन्छौ ’
उनीविरूद्ध सोमबार पक्राउ पुर्जी जारी भइ त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधान रहे बमोजिम सभामुख तथा सदनलाई समेत जानकारी दिइएको प्रवक्ता न्यौपानले बताए।
माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँ विरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
ती महिलाले दिएको उजुरीपछि जानकारी दिदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्।
पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे नेता बानियाँले त्यो सबै झुट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए।
सांसद बानिया पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।

 

 

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित
  • Nabintech